दफा २१
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता
(१) बढुवाको निमित्त उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिएबमोजिमको शैक्षिक योग्यता र देहायबमोजिमको न्यूनतम सेवा अवधि पुगेको हुनुपर्नेछः–
(क) राजपत्र अनड्ढित पदको निमित्त तीन वर्ष,
(ख) राजपत्रांकित पदको निमित्त पाँच वर्ष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रमा स्थायी बसोबास भएका निजामती कर्मचारीहरूको उल्लिखित सेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार
हुनेछन् ।